महाराजगन्जमा ​युनिक्याम्पसको नयाँ शाखा

युनिक्याम्पस ग्लोबलले महाराजगन्जस्थित पानी पोखरीमा नयाँ शाखा विस्तार गरेको छ । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई थप सहजता प्रदान गर्ने उद्देश्यले युनिक्याम्पले आइतबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बुढानीलकण्ठ, टोखा, चक्रपथ, सामाखुसी, गोंगबु, लाजिम्पाटलगायत क्षेत्रका विद्यार्थीको सहजतालाई ध्यानमा राखेर नयाँ शाखा सञ्चालनमा ल्याइएको युनिक्याम्पसले जनाएको छ । युनिक्याम्पस ग्लोबलका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले आज नयाँ शाखाको उद्घाटन गरेका हुन् । कोरोनाकालमा केही शाखा बन्द गर्नुपरेको जानकारी दिँदै श्रेष्ठले कोरोनाको प्रभाव कम हुँदै गएपछि नयाँ शाखाहरू विस्तार गरेको बताए । 

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई आवश्यक सूचना लिन सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरेको उनको भनाइ छ । नेपाली विद्यार्थीले धेरैभन्दा धेरै छात्रवृत्ति प्राप्त गरेर उच्च शिक्षा अध्ययनका लागि जाओस् भन्ने युनिक्याम्पसको चाहना हुने गरेका जानकारी दिँदै श्रेष्ठले नयाँ शाखाले पनि उक्त कुरालाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले एक वा दुई वर्ष नेपालमै अध्ययन गरेर पनि कोर्स क्रेडिट ट्रान्फरमार्फत विद्यार्थीले कम शुल्कमा अस्ट्रेलियाबाट आफ्नो अध्ययनलाई पूरा गर्न सक्ने बताए । त्यसका लागि विद्यार्थीले काठमाडौंको डिल्लीबजारस्थित  सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्स र मैतिदेवीस्थित सनवे कलेजमा पहिलो वा दोस्रो वर्ष अध्ययन गरेर अस्ट्रेलिया जान सक्छन्  ।

परामर्श लिन विद्यार्थीहरूलाई पुतलीसडकसम्म आउनुपर्ने वाध्यताको अन्त्य गर्न शाखा विस्तार गरेको युनिक्याम्पस ग्लोबालका सिइओ घनश्याम घिमिरेले जानकारी दिए । विद्यार्थीले शैक्षिक परामर्श लिन आउँदा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई देखेर विद्यार्थी अनुकूल हुने गरी शाखा विस्तार गरेको उनले बताए । सन् २०२५ सम्ममा काठमाडौं उपत्यकाभित्र थप दुईदेखि तीन वटा शाखा विस्तार गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।



युनिक्याम्पस ग्लोबल पानी पोखरी शाखाका निर्देशक मिङमार तामाङले जहाँ विद्यार्थी त्यहीँ सेवा भन्ने उद्देश्यले शाखा विस्तार गरेको जानकारी दिए । आगामी एक साताभित्र आउने विद्यार्थीले, ९९९ रुपैयाँमै, आएल्स, पिटिइका पूरा कक्षाहरू लिन सक्ने बताए । सोही पैसामा विद्यार्थीले सम्पूर्ण परामर्श प्राप्त गर्न सक्ने उनको भनाइ छ । अस्ट्रेलियन एजुकेशनको लागि युनिक्याम्पस ब्राण्डका रूपमा स्थापित भइसकेका कारण उच्च शिक्षा अध्ययनको लागि बुझ्न यहाँ आउने विद्यार्थीले सही र सत्य जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।



करिब २२ वर्षदेखि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएको युनिक्यापसले यसअघि नयाँ बानेश्वर र कुमारीपाटीमासमेत शाखा विस्तार गरिसकेको छ । पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको युनिक्याम्पसले काठमाडौं उपत्यका बाहिर, बुटवल, पोखरा, भरतपुरलगायतका स्थानहरूमा पनि शाखा विस्तार गरिसकेको छ ।

विशेष गरी अस्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थी केन्द्रमा राखेर काम गर्ने युनिक्याम्पसले अमेरिका, बेलायत, क्यानडा र न्युजरल्यान्डलगायतका देशमा जान चाहने विद्यार्थीलाई समेत परामर्श दिँदै आएको छ । 

  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १६:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया