logo-img

धनकुटामा जिप दुर्घटना : एकको मृत्यु, १५ घाइते

धनकुटाको पाख्रिबासमा आज अपराह्न जिप दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका–१० चुङमाङमा भएको दुर्घटनामा सख्त घाइते सहिदभूमि गाउँपालिका–५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा उनको धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार २१:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया