सरकार पुनर्गठन : एमाले, माओवादी र रास्वपाबाट को-को बन्दैछन् मन्त्री ?

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा लागेका छन् ।

जसका लागि नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । तर, उनीहरूले कुन मन्त्रालय पाउने भन्ने विषयमा निर्णय भने भइसकेको छैन ।

गिरी यसअघि स्वास्थ्यमन्त्री थिए भने उनी पर्वतबाट निर्वाचित सांसद हुन् । यस्तै, माओवादीबाट मन्त्री बन्न लागेका तामाङ नुवाकोट–१ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, यसअघि श्रममन्त्री बनिसकेका अर्याल रास्वपाका समानुपातिक सांसद हुन् । यस्तै, रास्वपाका सभापति रवि लामिछाने, माओवादीका उपमहासचिव वर्षमान पुन, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि मन्त्री बन्ने चर्चा छ ।  

मन्त्रालयको भागबन्डा मन्त्रीहरूको वरीयता टुंग्याउन पुन: साढे २ बजेका लागि नयाँ गठबन्धन दलहरूको बैठक बस्ने जनाइएको छ ।

 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १३:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया