केन्द्रको प्रभाव प्रदेशमा, कोशीका मुख्यमन्त्रीको राजीनामा माग
फाइल तस्बिर

केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ । केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो ।

यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ । गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए ।

कार्कीलाई पछि उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएका थिए ।  केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा मागेको हो । 

एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १८:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया