अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला
फाइल तस्बिर

अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

९ न्यायाधीशमध्ये तीन उदारवादी र पाँच रुढीवादी सबैले उक्त निर्णयमा सहमति जनाएका थिए । ६ जनवरी २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका थिए । तर, सर्वोच्च अदालतले ट्रम्पको पक्षमा फैसला गरेको हो । 

अमेरिकी सर्वोच्च अदालतले कोलोराडो सर्वोच्च अदालतले संविधानको १४ औँ संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा बनाएको बताएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १०:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया