शेखर कोइराला भन्छन्– ‘माओवादीसँगको गठबन्धन आज कांग्रेसलाई महँगो साबित भयो’
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन् ।

उनले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन् । माओवादी, नेकपा एमालेलगायतसम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको उनको भनाइ छ । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ कोराइलाले फेसबुक र (एक्स) ट्विटरमा लेखेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’ 

उनले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उनले लेखेका छन् ।

माओवादी केन्द्र र अन्य दलहरूसँग गठबन्धन गर्नेबारे कोइराला पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका थिए । उनले निर्वाचनअघि गठबन्धन गरिनु नहुने धारणा राख्दै आएका थिए ।

निर्वाचनपछि त्यसको परिणामका आधारमा सरकार गठन र सञ्चालनका लागि गठबन्धन गर्नेबारे सोच्न सकिने भन्दै उनले निर्वाचनमा भने पार्टी एक्लै जानुपर्नेमा जोड दिँदै आएको थियो ।



उनको यस्तो धारणा रहे पनि पार्टी संस्थापन पक्षले माओवादीसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी भएको थियो । 



  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ११:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया