बारामा बस दुर्घटना : एकको मृत्यु, २७ घाइते

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

आज दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो । धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुलनजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २२:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया