काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, पाँच* जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनास्थलबाट अहिलेसम्म ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।   

यसअघि समाचारमा दुर्घटनामा *पाँच जनाको मृत्यु हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । –सम्पादक





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ७:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया