त्रिशूली बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, ३८ जनाको उद्धार

धादिङको घाटबेँसीबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तु जैसवालका अनुसार अहिलेसम्म एक महिलासहित ६ जनाको शव फेला परेको छ ।    

ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । यस्तै, घटनास्थलबाट ३८ जना यात्रुको उद्धार गरिएको छ । उनीहरूको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको लु२ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रहरीले बसचालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई नियन्त्रणमा लिइसकेको छ ।  





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ८:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया