कोशी प्रदेशमा रहेका करार कर्मचारीको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय

कोशी प्रदेश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परी जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालयले पेस गरेको ‘एजेन्डा’ स्वीकृत गर्नका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले प्रदेशको नामकरणका विषयमा संघर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा  छलफल गरी निर्णय गरेको जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १२:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया