सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाही पदमुक्त

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गरेका हुन् । 

शाही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री भएका थिए । केन्द्रमा भएको सत्ता समीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।

यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । 

सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार २१:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया