मधेस केन्द्रित तीन दलबीच कार्यगत एकताकाे सहमति

मधेस केन्द्रित तीन दलबीच कार्यगत एकताकाे सहमति भएको छ । जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकताकाे सहमति भएको हाे । तीन दलले सातबुँदे सहमतिसमेत गरेका छन् ।   

जनमत पार्टीका अध्यक्ष सिके राउत, तमलोपाका अध्यक्ष वृषेन्द्रचन्द लाल र जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार कार्यगत एकताको घोषणा गरेका हुन् ।

उनीहरूले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेका छन् । यसअघि तमलोपा र जनता प्रगतिशीलबीच कार्यगत एकता भएको थियो । 

दलले देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग भएको भन्दै ती दलले नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभदेहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य र समाजिक सुरक्षा सुनिश्चित गर्नेलगायत सातबुँदे सहमति गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार २०:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया