रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के विषयमा हुँदैछ छलफल ?
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बैठक बोलाएको हो ।

आजको बैठकमा प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी उपनिर्वाचनको तयारीको विषयमा छलफल हुने रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।   

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले यी दुई क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।   





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ८:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया