logo-img

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
फाइल तस्बिर

राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै, कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह रहेका छन् । 



संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सोमबार १ः३० बजे सचिवालयले उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । 

राष्ट्रिय सभा उम्मेदवार शर्मा बाँकेबाट २०७८ मा राष्ट्रिय सभामा निर्वाचित भएका थिए । यता दाहाल २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । उनलाई सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

दाहाल  राष्ट्रिय सभा सदस्य दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइसमेत हुन् । माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो ।



राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त रहेको छ ।  



  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ११:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया