बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 

यही १० फागुनमा बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको थियो ।

११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । 

बैठकअघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।   





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १०:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया