प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले संसदीय दलबाट सर्वसम्मतीले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको बताए । परियारले सरकारलाई सबै सांसदले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्विप जारी गरेको बताए । 

प्रमुख सचेतक परियारले जिम्मेवारी बाँडफाँट, संवैधानिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा रास्वपा सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भुमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए ।  





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ११:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया