गठबन्धनका शीर्ष नेताहरूको अपिल : राष्ट्रियसभा अध्यक्षमा दाहाललाई मतदान गर्नू

सत्तारुढ दलका शीर्ष नेताहरूले राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदलाई अपिल गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदको बैठकमा बोल्दै पार्टीका शीर्ष नेताहरूले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री दाहालले सामाजिक, आर्थिक रूपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न अघिल्लो सरकारले गति लिन नसकेका कारण सरकार पुनर्गठन गर्नुपरेको बताएको पनि उनले जानकारी दिए ।  

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्माबीचमा प्रतिस्पर्धा हुँदैछ ।   





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ११:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया