राष्ट्रिय सभामा दाहाल र शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । मंगलबार जारी राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

कांग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढंगानाको भनाइ छ ।

यस्तै, बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।  

सांसद अछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहेका दाहाललाई समर्थन गरी मतदान गरिदिन अनुरोध गरे ।

‘राजनीतिक आन्दोलनको लामो इतिहास छ । २०२७ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भएर उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको छ । २०३१ सालबाट पार्टी राजनीतिक सुरु गर्नुभयो,’ उनले भने । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १२:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया