सरकार र लघुवित्तपीडित संघर्ष समितिबीच वार्ता सुरु

सरकारले र आन्दोलनरत लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समितिबीच वार्ता सुरु भएको छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र समिति प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।
 
वार्तामा मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।

अर्थ मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो । 
 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार २०:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया