सरकारको ‘साझा न्यूनतम् कार्यक्रम’ टुङ्ग्याउँदै गठबन्धन कार्यदल

सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदै छ । कार्यदलले आजै साझा न्यूनतम् नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । 

कार्यदलले साझा न्यूनतम् कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुङ्ग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । 

उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार अर्थ मन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताए । 

कार्यदलले मस्यौदालाई अन्तिम रूप दिएलगत्तै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम् कार्यक्रम कार्यान्वयनमा जाने छ । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ९:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया