राखेपलाई खेलकुदमन्त्रीको निर्देशन- रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिनू
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, फाइल तस्बिर

युवा तथा खेलकुद मन्त्रालयले त्रिपुरेश्वरस्थित दशरश रंगशालामा खेलबाहेकका अन्य गतिविधि नगर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धी कार्यविधि जारी नहुँदासम्म रगंशालामा खेलबाहेकका अन्य गतिविधि नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको हो । 

मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनिक गरेको छ ।

ऐनले नै सो कार्य गर्न राखेपलाई अधिकार दिए पनि परिषद्को कार्य प्रभावकारी नदेखिएको खेलकुद मन्त्रालयले बताएको छ । दशरथ रंगशाला खेलबाहेकका अन्य गतिविधि पनि गर्न दिएपछि मैदान खेल्न नमिल्ने बनेको छ । सोही कारण नेपालले विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा हुने बहराइनसँगको खेल अन्यन्त्र खेल्नु पर्ने अवस्था आएको छ ।  





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार २१:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया