राष्ट्र शान्तिका लागि विशेष पूजा

योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो । 

परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए । 





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १२:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया