logo-img

देउवा, ओली र प्रचण्डलाई बाबुरामको आग्रह : मिलेर आलोपालो सरकार चलाउनुस्

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस, एमाले र माओवादीलाई मिलेर आलोपालो सरकार चलाउन आग्रह गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलेर सरकार चलाउन आग्रह गरेका हुन् । 

प्रा.डा. एसडी मुनिद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन ठूला दल मिलेर सरकार नबने अस्थिर सरकार मात्रै हुने बताए । साना दललाई छाडेर साझा एजेण्डासहित सरकार चलाउनुपर्ने उनको बुझाइ छ ।

आफूले शेरबहादुर, ओली र प्रचण्डलाई यसरी हुँदैन तपाईंहरु बाँड्नुस्, बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरु साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा उनीहरू नमानेको भट्टराईको दाबी छ । 







  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार २२:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया