logo-img

व्यवस्था बलियो बनाउन कांग्रेस र एमाले एक हुनुपर्छ : बद्री पाण्डे
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए । पाण्डेले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए । 

उनले व्यवस्थाको औचित्यमाथि नै मानिसले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । पाण्डेले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए । 



‘कांग्रेस एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नु हुँदैन । दुई वटा पार्टी मिल्ने भनेको त्यस्तो विषयमा मिल्ने हो । देशमा संकट आइरहेको छ, एकखालको । व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्,’ पाण्डेले भने, ‘व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा काँग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मुल शक्तिहरू हुन् । एक प्रकारले यो व्यवस्थाका संस्थापक नै हुन् । हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।’

उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभइ व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १४:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया