शहीदको नाममा १० लाख दिएर ब्रम्हलुट गर्न पाइँदैन : दीपक सिंह

प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले सरकारले नयाँ सहिद घोषणा गरेर १०/१० लाख रुपैयाँ दिन लागेको भन्दै यसो नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले सहिदको नाममा पैसा दिनुभन्दा निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रहेको पैसा दिन सरकारसँग माग गरे । 

‘योभन्दा पहिलेको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गरेर १०/१० लाख रुपैयाँ दिने भन्ने निर्णय गरेको छ । यो कति दिन चल्ने हो ? म सरकारलाई भन्न चाहन्छु, त्यो पैसा त्यहाँ दिनुभन्दा देशको निर्माण गर्ने कन्ट्रयाक्टरहरूलाई दिए उनीहरू बाँच्ने थिएँ । त्यसकारण नयाँ शहीदहरूलाई १०/१० लाख र अनेक कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन भन्ने कुरा म राख्छु ।’    

शून्य समयमा बोल्ने अधिकांश सांसदले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रको विकास निर्माणको कामको सम्बन्धमा बोलेका थिए । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १३:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया