मह जोडीलाई नागरिक सम्मान पुरस्कार

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो ।

उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार उक्त पुरस्कार बुधबार आयोजना हुने विशेष कार्यक्रमका बीच कलाकार जोडीलाई प्रदान गरिने छ ।

अध्यक्ष बस्नेतले पिता टुङ्गबहादुर बस्नेत र आमा पूर्णकुमारीको स्मृतिमा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए । कार्यक्रम नेपाली मूलका भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १०:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया