अनलाइन क्यासिनो गेम खेलाउने तीन महिलासहित चारजना पक्राउ

अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, र नुवाकोटशिवपुरी गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका-४ बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ । उनीहरूले फायरक्रिन एप्लिकेशन, क्यास एपमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अनुसन्धानको क्रममा खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १२:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया