साथीको हत्या गरी फरार भएका राई २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए । ४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–४ का हुन् ।

उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शाहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।

त्यस्तै, प्रहरीले १६ वर्षअघि धर्मराज विष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २६ असार २०६४ मा ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शंखमूलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज विष्टको हत्या भएको थियो ।

सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो । पक्राउपर्नेमा ४१ वर्षकी धादिङ बुढाथुम–३, साबिक गंगा जमुना गाउँपालिका–७ की हाल ललितपुर–२६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।



धर्मराज विष्ट मीन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ । विष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाइ विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ ।  



  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १४:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया