कांग्रेसको आरोप- संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाइँदैन भन्दै आक्रोश पोखे । 

उनले भने, ‘सरकारले न्यूनतम् साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो  छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो । जनतालाई ढाँट्न पाइँदैन ।’

उनले सरकारको इन्जिन नै बिग्रिसकेकाले गियर परिवर्तन ले केही गर्न सक्दैन भन्ने महसुस भएको टिप्पणी गरे ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १३:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया