विनोद चौधरीमाथिको अनुसन्धानबारे सिआइबीले गरायो सभामुखलाई जानकारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको छ। 

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सिआइबीले बुधबार पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। 

सिआइबीले पठाएको पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका ३ नं. वडा कार्यालय र नवराज शर्मासमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको काठमाडौं– ३ स्थित दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिका संस्थापक सेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ।’





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार २२:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया