चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?
अर्थ समितिमा मन्त्री पुनसँग आगामी बजेटबारे छलफल
फाइल तस्बिर

प्रतिनिधि सभाअन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहीबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । 

यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । अर्थ समितिमा आज आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल बुधबार सकाएर अर्थ समितिले आज मन्त्रीसँग समितिमा छलफल गर्न लागेको हो । 

अर्थ समितिले अर्थमन्त्री वर्षमान पुनलाई बिहीबार समितिमा डाकेर सो बारे छलफल गर्ने कार्यसूची तय गरेको छ । यस्तै, समितिमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता तथा कार्ययोजना सम्बन्धमा उपसमितिको तयार पारेको प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २८ औं बैठक पनि आजै बस्दै छ । बैठकले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची राखेको छ ।

कानुन न्याय तथा मानवअधिकार समितिमा भने नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका जेलभित्र रहेका कैदी एवं थुनुवाको मानवअधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण गर्ने सम्बन्धनमा छलफल गर्न लागेको छ ।

यस्तै,आजकै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने पनि समिति सचिव अधिराज राईले जानकारी गराएका छन् । महिला तथा सामाजिक मामिला समितिले भने  प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको छ । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ९:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया