महराकाे बयान : सुन तस्करसँग चिनजान त हाे, तर म काराेबारमा संलग्न छैन

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नाे चिनजान रहेको स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँगकाे बयानमा उनले सुन तस्कर वाङसँग आफ्नाे चिनजान रहे पनि आफूले कारोबार भने नगरेको बयान दिएका हुन् ।

सिआइबीका अनुसन्धान अधिकृतहरूले महरासँग सरकारी वकिलको रोहबरमा दुई दिन बयान लिएका थिए । ०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले गरेकाे प्रश्नमा उनले यस्ताे बयान दिएका हुन् ।

सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका थिए । 

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि उनी अनुसन्धानकाे दायरामा आएका हुन् । बयानका क्रममा उनले आफू राजनीतिक व्यक्ति भएकाले धेरैजनासँग फोन कुरा भए पनि काराेबारमै भने संलग्न नरहेकाे दाबी गरेका हुन् ।

दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । महराका छोरा राहुल अहिले पनि सोही मुद्दामा थुनामा छन् । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १७:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया