कपिल शर्माविरुद्धको उजुरी अदालतद्वारा खारेज

भारतीय कमेडियन कपिल शर्मा आफ्नो सोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ सोको रिलिजको तयारीमा छन् । जुन सो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरी अदालतले खारेज गरिदिएको छ । 

दुई वर्षअघि ‘द कपिल शर्मा सो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कारबाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरूले अदालतको कोठामा हुने कानुनी कारबाहीका बारेमा अभिनय गरेका थिए । 

उक्त एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए । यो एपिसोड हेरेका ग्वालियरका मजिस्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले सोका निर्मातासँगै कपिल शर्माविरुद्ध मुद्दा दर्ताको माग गर्दै उजुरी दिएका थिए । 

उजुरीमा सोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो । उजुरीमा कपिलको सोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो । उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको र यही तर्कका आधारमा कपिलविरुद्ध धारा ३५६/३ का अनुसार एफआईआर दर्ताको माग गरिएको थियो । 

यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ । अदालतका अधिवक्ता सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ८:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया