ओली लेख्छन्- ‘समय मिले महाजात्रा हेर्छु’
फाइल तस्बिर

‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्टसले निर्माण गरेको यो फिल्मलाई पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोस्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु’, फेसबुकमा ओलीले लेखेका छन् ।

फिल्मलाई थिएटरले उल्लेख्य सो दिएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ९:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया