सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा छुटे
फाइल तस्बिर

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा छुटेका छन् । सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले स्वास्थ्यका कारण महरालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । महरा यही ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।  

महराले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुनसहितको विद्युतीय सिगरेट (भेप) छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो । उनका छोरा राहुल भने यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।   





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १४:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया