दुई भाषामा ‘साम्राज्य’ निर्माणको घोषणा

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

फिल्ममा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ । फिल्मको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले फिल्मलाई सफलताको शुभकामना समेत दिए ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर घलेको छायाङ्कन रहने फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत हुनेछ ।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जुन ५ अर्थात् जेठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १५:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया