चार्ज गरिरहेको मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु

चार्ज गरिरहेको अवस्थामा मोबाइलमा गेम खेल्दा मोबाइल विस्फोट भएर चार बालबालिकाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । 

चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबासमेत जलेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।

उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १७:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया