नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम– २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङको प्रशंसा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा सुहाङसँगको तस्बिर सेयर गर्दै उनले सुहाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताएका छन् ।
‘युवा सँगसँगै !’ शीर्षक राखेर उनले लेखेको स्टाटसमा ओलीले आफूलाई पनि युवा दाबी गरेको बुझ्न सकिन्छ ।
उनले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।