कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गरेका छन् । 

उनले पार्टीको  विधान, २०१७(संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको उक्त विभागमा आज सदस्य मनोनीत गरेका हुन् । 
 
विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १८:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया