क्रिकेटर निखिल चौधरीमाथि लाग्यो बलात्कारको आरोप

भारतीय मूलका अस्ट्रेलियन क्रिकेटर निखिल चौधरीविरुद्ध बलात्कार आरोप लागेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीमाथि एक अस्ट्रेलियन युवतीले बलात्कारको आरोप लगाएकी हुन् ।    

अब उनीविरुद्धको मुद्दा अस्ट्रेलियाको टाउन्सभिल जिल्ला अदालतमा सुनुवाइ हुनेछ । पीडित भनिएकी युवतीका आफन्तको आरोपअनुसार निखिलले कारमै युवतीलाई बलात्कार गरेका थिए ।

घटना फ्लिन्डर्स स्ट्रिटमा भएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ । यद्यपि निखिलले भने ती युवतीको आरोप निराधार भएको बताएका छन् ।

उनले केही महिनाअघि मात्र पहिलोपटक अस्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) खेलेका थिए । होबार्ट हरिकेन्सबाट लिग खेलेका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

चौधरीले बीबीएलमा ६ इनिङ्समा १५४ रन बनाउनुका साथै ५ विकेट लिएका छन् ।   





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १०:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया