गोवामा भेटिइन् मेयर हमालकी छोरी

भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमबारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने  सहयोगी नेपाली  दाजुभाई दिदिबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता  व्यक्त गर्दछु,’ नगर प्रमुख हमालले सामाजिक सञ्जालमा आफ्नो छोरी भेटिएको जानकारी दिँदै लेखेका छन्, ‘मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसँगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’ 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १०:४८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया