उपसभापति स्वर्णिम वाग्लेको दाबी- रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुबिधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए । 

उनले भने, ‘नीति र विचारका कुराहरू महत्त्वपूर्ण छ । जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होइन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ ।’ 

यस्तै, उनले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ ।  राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुल वादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौ । संविधानभित्र नै रहेर बोलेका छौ र सुधार गर्ने भनेका छौ । त्यसमा टेकेर अगाडि बढ्ने छौ ।’





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १३:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया