दक्षिण अफ्रिका बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, आठ वर्षे बालिका मात्र जीवित

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ। 

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तीर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तर पूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ९:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया