आपराधिक कारण दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा निर्वाचनमा उम्मेदवार बन्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन् ।

निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ । सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर उनले अस्वीकार गरेका थिए । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।

८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ । जुमाले आफैँ  विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन् ।

जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए । जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार ७:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया