'वर्तमान गठबन्धनको आयु बढीमा चार महिना !'

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताएका छन् । 

शनिबार महाराजगञ्जस्थित विजय बासमा पत्रकारहरूसँग अनौपचारिक संवाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधिसभाले पूर्णकार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताए । तर, एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको उनले बताए । ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना !’

नेता राणाले वर्तमान प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गरेका थिए । 

आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रित पत्रकारहरुसँग मिसिएर राणाले भने– ‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दै जाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकेँ, एकतिहाई भने पूरा गर्न बाँकी छ ।’

नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसंग सुनाउँदै पिता विजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूर्ण योगदान गरेको चर्चा गरे । 

उनले आफूले पनि महत्वपूर्ण समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउँदै पूवप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिए ।



नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाए ।



  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १६:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया