‘नो इन्ट्री २’ का कारण बोनी र अनिलबीच खटपट

बलिउड अभिनेता अनिल कपूर फिल्म निर्माता ठूलो दाइ बोनी कपूरसँग निकै नजिक छन् । फिल्म उद्योगमा यी दाजुभाइको प्रेमलाई उदाहरणका रूपमा लिइन्छ ।

हालैमात्र निर्माता बोनीले भाइ अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन् । उनले अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’ का कारण दुःखी रहेको खुलासा गरेका हुन् । त्यहीकारण पनि लामो समयसम्म उनीहरूबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन् ।

अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए । तर, उनी यसको दोस्रो भागको हिस्सा छैनन् । 

‘अनिलले नो इन्ट्री २ को कथामा आफू नरहेको थाहा पाएपछि मसँग निकै रिसाएको छ । मलाई थाहा छ ऊ यो सिक्वेलको हिस्सा बन्न चाहन्छ  । तर, उसका लागि यो कथामा स्थान छैन । म यो कुरा उसलाई भन्न चाहन्थेँ । सम्झाउन चाहन्थेँ । तर, मेरो भाइ आजसम्म मसँग राम्ररी बोल्न मानेकै छैन । म आशा गर्छु कि यी कुरा चाँडै ठिक हुनेछन्’, बोनीले भनेका छन् ।

फिल्म ‘नो इन्ट्री २’ मा बोनी कपूरले युवापुस्तालाई स्थान दिएका छन् । फिल्ममा वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाँझको अभिनय छ । तर, यो कुरा अनिललाई मन परेको छैन । यहीकारण पनि बोनी र अनिलबीचको सम्बन्ध चिसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १०:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया