काठमाडौंका धारामा पानी होइन, मलमूत्र मिसिएको ढल आउँछ, सरकार गम्भीर बन्नुपर्‍यो : रास्वपा सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभामा उनले लापरबाही र कमजोरीको अध्ययन गरी खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताए । 

उनले भने, ‘झन्डै ३५ अर्ब खर्च भइसकेको मेलम्ची खानेपानी परियोजनाको केयूकेल अन्तरगत आयोजना कार्यान्वयन निर्देशनालयले चक्रपथभित्र ८० प्रतिशत खानेपानी वितरणको काम सम्पन्न गरी वितरण गरेको भनेपछि कुनै पनि स्थानमा पानी वितरण हुन सकेको छैन । यो कसको लापरबाही र कमजोरी हो, यसको अध्ययन गरी खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था गर्नुपर्छ ।’ 

उनले स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हक संविधानमा नै राखिए पनि काठमाडौंको जनताको घरको धारामा कालो ढल आउने भन्दै यसको व्यवस्था छिटो गर्न आग्रह गरे । 

उनले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो । तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होइन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइए बापत केयूकेललाई बढी पैसा तिर्न बाध्य छन् ।’





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १२:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया