तनहुँमा आठ फिट लामो अजिंगरको उद्धार

तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिंगरको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिंगरको उद्धार गरिएको हो । 

उक्त ठाउँमा केही समय पहिलादेखि अजिंगर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए । अजिंगर घाइते अवस्थामा रहेकोले उद्धारपश्चात् डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । 

उद्धार गरिएको अजिंगरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । ‘स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिंगर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो,’ वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, ‘आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।’





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार २२:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया