समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग [सूचनासहित]

संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगका लागि अध्यक्ष र महिला आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण मिमल्सेना आगामी वैशाख २ गतेदेखि अवकाशमा जाँदै छन् । वैशाख २ देखि उक्त पद रिक्त हुने भएकाले अध्यक्षका लागि परिषद्ले दरखास्त माग गरेको हो । महिला आयोगमा एक सदस्य पद रिक्त छ ।

परिषद्ले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई आवश्यक आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । इच्छुकले Sambaidhanik@opmcm.gov.np मा आवेदन पठाउन सक्नेछन् । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ८:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया