तत्कालीन डिएसपी ठगबहादुरलाई दुई वर्ष कैद, साढे आठ लाख जरिवाना

नेपाल प्रहरीका तत्कालीन डिएसपी ठगबहादुर केसीले घुस लिएको आरोप पुष्टि भएकाे छ । अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो । 

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा मंगलबार दोषी ठहर गरेको छ ।

केसीलाई दुई वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ । केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । 

०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका- ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैँसँग राखेका थिए । उनी त्यतिबेला रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख थिए । 

त्यस क्रममा उनले दुईजनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १९:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया